विलासिताका वस्तुको मूल्य बढ्ने

काठमाडाैं : सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले अल्कोहल, सुर्तीजन्य वस्तु, सौन्दर्य वा रुपसज्जाका सामानलगायत विलासिताका वस्तुमा अन्तःशुल्क र भन्सार दरमा वृद्धि गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्‍मा आगामी आवको बजेट पेस गरेसँगै आगामी आवको कर नीतिसमेत सार्वजनिक भएको छ। आगामी आवको कर नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ। सरकारले आयात हुने र स्वदेशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको हो। यसले यस्ता वस्तुको मूल्य बढ्ने देखिन्छ। सरक