उदेश खतिवडा, गल्छी धादिङ/हाल कतार ।
हामी नेपालीहरूको कर्मभूमि कतारले फिफा विश्वकप २०२२ आयोजक राष्ट्र बनेर भव्य र सभ्य रूपमा सम्पन्न गरिसकेको छ ।
फुटबलको महाकुम्भ मेलामा लियोनेल मेस्सीको कप्तानी रहेको टिम अर्जेन्टिनाले टिमले फ्रान्सलाई पराजित गर्दै विजेता बनेर ट्रफी उचाल्यो ।
म आजभन्दा करिब १० वर्ष अघि वैदेशिक रोजगारीको लागि म कतार प्रवेश गर्दा २०२२ को विश्वकप आयोजना गर्न कतारले फिफाबाट अनुमति पाएको २ वर्ष भएको थियो ।
त्यति बेला अचम्म र खुसी एकै पटक लागेको थियो । भौगोलिक हिसाबले यति सानो राष्ट्र त्यह...