इटहरी उपमहानगरपालिकामा हेमकर्ण पाैडेलकाे अग्रता कायमै

विराटनगर- स्थानीय निर्वाचन अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकामा गठबन्धनतर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता कायमै राखेका छन्। इटहरीस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार पौडेलले १ हजार ९ सय २७ मत हासिल गरेका छन्। उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यामकुमार सुब्बासँग करिब ५ सय मतको अन्तर कायम गरेका छन्। हालसम्म सुब्बाले १ हजार ४ […]

सम्बन्धित सामग्री

इटहरी उपमहानगरपालिका अपडेट : गठबन्धनका उम्मेदवारको अग्रता कायमै

सुनसरीको इटहरी उपमहानगरको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो नतिजाअनुसार गठबन्धनबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेलले १९ हजार ९२४ मत ल्याउँदा एमाले उम्मेदवार यामकुमार सुव्वाले १६ हजार ८३० मत ल्याएका छन् ।त्यस्तै उपमेयरमा एमाले उम्मेदवार संगीताकुमारी चौधरीले १९ हजार २६३ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले ११ हजार ५ सय मत ल्याएका छन् । (यसअघिको समाचारमा तथ्यांक गलत भएकाले क्षम