गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण

सुर्खेत – दैलेखको नारायण नगरपालिका-३ कालिमाटीका गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिब तथा विपन्न घर परिवारको जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो । कर्णाली प्रदेश सरकार, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको बाख्रा ब्लग कार्यक्रमअन्तर्गत छनोट गरिएको २० परिवारलाई बाख्रा दिइएको हो । प्रतिपरिवार घर १० वटा बाख्रा अनुदान उपलब्ध […]