डेरी उद्योगीले बढाएको दूधको मूल्य फिर्ता

डेरी उद्योग संघले बढाएको दूधको मूल्य अन्ततः फिर्ता लिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, दुग्ध विकास बोर्ड र डेरी उद्योग संघबीच मंगलबार भएको छलफलमा बढेको मूल्य फिर्ता लिन उद्योगीहरु सहमत भएका हुन् ।