संसद् गठबन्धनका नेताहरूको क्लब, सभामुख क्लबका म्यानेजर ! : सांसद राई

काठमाण्डाै – राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्यालले संसद् गठबन्धनका नेताहरूकाे क्लब जस्ताे भएकाे टिप्पणी गर्नुभएकाे छ । बिहीवार राष्ट्रिय सभामा पेस भएको नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद राईले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको सम्बन्धमा गठबन्धनको निर्णय जस्तै संसदमा जस्ताको तस्तै पेस गर्ने विषयमा संसद् गठबन्धनका नेताहरूको क्लब जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले संसदका सभामुख क्लबका म्यानेजर जस्तो कुनै छलफल नगर्ने गठबन्धनले जे निर्णय गर्‍याे त्यही हुने गरेको बताउ...