मालपोत कर्मचारीको मिलेमतोमा अर्काको एक रोपनी चार आना जग्गा बिक्री, १२ पक्राउ

मालपोत कर्मचारीको मिलेमतोमा जग्गा दलालले नक्कली कागजात बनाई काठमाडौंको थानकोटमा एक रोपनी चार आना जग्गा बिक्री

सम्बन्धित सामग्री

कर्मचारीको मिलेमतोमा विद्यालयको २१ रोपनी चार आना हदबन्दीको जग्गा बिक्री

हदबन्दीका कारण रोक्का रहेको विद्यालयको २१ रोपनीभन्दा धेरै जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा बिक्री भएको

हवाई इन्धनको मूल्यमा आयल निगमको कालोबजारी !

१७ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइतबार एक कार्यक्रममा नेपाल आयल निगमले हवाई इन्धनमा ठूलो नाफा लिएको आरोप लगाए । हवाई इन्धनमा लिटरमै ९० रुपैयाँ नाफा लिँदा दुर्गमको हवाई भाडा बढेर सर्वसाधारण मारमा परेको उनको भनाइ छ । ‘हुम्ला, जुम्लामा यात्रा गर्ने यात्रीहरुले हवाई भाडाकै लागि एक रोपनी जग्गा बिक्री […]

काठमाडौँमा ९ रोपनी जग्गा खरीद गर्ने नेपाल लाइफको तयारी, प्रस्ताव आह्वान

नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौँमा १ देखि ९ रोपनी जग्गा खरीद गर्ने भएको छ । कम्पनीले जग्गा खरीदको लागि गोप्य शिलबन्दी पेश गर्नको लागि आज सोमबार सार्वजनिक सूचना प्रकाशन गरेको छ ।कम्पनीले काठमाडौँको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी , थापाथली, नयाँ बानेश्वर , पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल , महाराजगंज, भाटभटेनी क्षेत्रमा घर जग्गा खरीद गर्नको लागि इच्छुक घरधनीसँग गोप्य शिलबन्दी प्रस्ताव माग गरेको हो । कम्पनीले सूचना प्रकाशन भएको १५ दिन भित्र प्रस्ताव पेश गर्न भनेको छ । घर जग्गा ८ मिटर बाटोसँग जोडिएको हुनु पर्ने कम्पनीले जनाएको छ ।कम्पनीले शिलबन्दी बोलपत्र पेश गर्दा निम्न अनुसार हुनु पर्ने जनाएको छ ।१. बिक्री गरिने घर-जग्गाको प्रति रोपनी मूल्य स्पष्ट खुल्ने गरी अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ, सो सम्बन्धमा कुनै विवाद उठेमा अक्षरमा लेखिएको मुल्यलाई कायम गरिनेछ । २. उक्त जग्गाको कित्ता नं. स्पष्ट देखिने ब्लुप्रिन्ट नक्सा अनिवार्य रूपमा समावेश भएको हुनुपर्नेछ । ३. जग्गाको स्थान बारे स्थान खुल्ने नक्सा (Location Map) र सो नक्सामा जग्गाको सिमाना चिन्ह लगाई नक्सा पेश गर्नुपर्नेछ । ४. उक्त जग्गामा घर निर्माण भएको भए घरको नक्सा तथा घर निर्माण सम्पन्न प्रमाण-पत्र पेस गर्नु पर्ने छ। ५. प्रस्तावित जग्गाको प्रमाणितरूपमा जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि. जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि संलग्न हुनुपर्नेछ ।६. संस्थागत जग्गाको हकमा जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र अख्तियारी प्राप्त व्यक्तिको पहिचान तथा अख्तियारीनामा कागजात समेत पेश गर्नुपर्नेछ । ७. प्रस्ताव पेश गर्दा खाममा नेपाल लाइफका लागि जग्गा बिक्री प्रस्ताव उल्लेख गरी म्याद भित्र कम्पनीको कार्यालयको ठेगानामा दर्ता गराउनु पर्नेछ । ८. उल्लेखित जग्गाको सम्बन्धमा कुनै प्रकारको विवाद, मुद्धा मामिला नरहेको हुनुपर्नेछ र सो को स्वःघोषणा पेश गर्नुपर्नेछ । ९. उल्लेखित घर-जग्गाका कुनै पनि प्रकारले बैंक तथा वित्तीय संस्था वा अन्य निकायमा धितो जमानतको रूपमा रही रोक्का रहेको भए सो को सम्पूर्ण विवरण समेत पेश गर्नुपर्नेछ । १०. प्रस्तावित घर-जग्गा खरिदको प्रक्रिया अगाडि बढाउने/नबढाउने खरिद गर्ने/नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।

नक्कली पुर्जा बनाई जग्गा कुम्ल्याउने दाउ

बेल्जियममा रहनुहुने म्याग्दी बरञ्जा–२ की मीना खड्काले चन्द्रागिरि थानकोट–५ स्थित आफ्नो नाममा रहेको एक रोपनी चार आना जग्गा बिक्री गर्ने सोच्नुभएको थिएन । भविष्यमा सोही जग्गामा घर बनाउने र बेल्जियमको बसाइ छोट्याएर स्वदेश फर्किने योजना उहाँको थियो । सोही योजनाअनुसार नेपाल आउँदा उहाँ एक पटक आफ्नो जग्गा हेर्न थानकोट पुग्नुहुन्थ्यो । यही क्रममा केही महिनाअघि जग्गा हेर्न पुग्दा सँगैका छिमेकीले ‘यो जग्गा त बिक्री भइसक्यो’ भन्दा उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । सुरुमा त विश्वास लागेन भन्दै उहाँले थप्नुभयो, “जग्गा दर्ता रेकर्डमा अर्काैको फोटो रहेको कुरा कलङ्की मालपोतमा पुगेपछि थाहा भयो । ”

ग्लोबल आईएमई बैंकले १ अर्ब रुपैयाँ मूल्य बराबरको जग्गा बिक्री गर्दै

ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि  बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्र्वीगेट नजिकै अनामनगरको मूलबाटो...