माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने

नेकपा माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ । बिहीबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने जानकारी दिएका हुन् । महाधिवेशनको मिति छिट्टै तोकिने प्रचण्डको भनाइ छ । ‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ’, प्रचण्डले बैठकमा भने ।  गत पुसमा आठौं महाधिवेशन गरेको महाधिवेशनले पार्टीलाई गति दिन विशेष महाधिवेशन गर्ने बताउँदै आएको छ ।