अर्काको नागरिकताबाट सिम निकालेर बैंक खाताको पैसा झिक्ने एकजना पक्राउ

अर्काको नागरिकताबाट सिम कार्ड निकालेर बैंक खाताको पैसा झिक्ने हेटौंडाका एकजना पक्राउ परेका छन् । सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा मकवानपुरको हेडौंडा उपमहानगरपालिका १७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका ३१ नयाँबानेश्वरबाट विहीबार प्रहरीले पक्राउ गरेको हो ।  उनले सामाजिक संजाल फेसबुक तथा ह्वाट्सएपमा वैदेशिक रोजगारको लागि...