मानव बेचबिखनमा संलग्न ३ जना फरार अभियुक्त पक्राउ

काठमाडौं। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२५ ठुलीमुढी बस्ने बिमला बिक, भरतपुर महानगरपालिका–१९ बस्ने केशबहादुर विश्वकर्मा र लम्जुङ दोर्दी गाउँपालिका–१ का नबराज अधिकारी रहेका छन्। उनीहरूमध्ये बिमलालाई कास्की, केशबहादुरलाई चितवन र नबराजलाई चितवनबाट शुक्रबार पक्राउ गरिएको हो।

सम्बन्धित सामग्री

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ

काठमाडौं, १३ बैशाख । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्त पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–२५ ठुलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भन्ने बिमला बिक, चितवन […]