रत्ननगरः चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएका छन्।
पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा नौ जना घाइते भएका