त्रिवि र मदन भण्डारी फाउण्डेशनबीच छात्रवृत्तिमा समझदारी

त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग र मदन भण्डारी फाउण्डेशनबीच विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी समझदारी भएको छ ।फाउण्डेशनद्वारा आज आयोजित ‘जनताको बहुदलीय जनवाद र शिक्षामा अनुसन्धानको महत्व’  विषयक छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाका उपस्थितिमा फाउण्डेशनका सचिव पेम्बा लामा तथा विश्वविद्यालयका विभिन्न विभागका प्रमुखबीच समझदारीपत्रमा हस्ताक्षर भए

सम्बन्धित सामग्री

अरु विश्वविद्यालय पढेकालाई किन चाहियो त्रिविको समकक्षता ?

नेपालमा त्रिविबाहेक अरु विश्वविद्यालय नभएका बेला बनेको प्रावधान बदल्नु साटो अझै पनि त्रिविकै समकक्षता लिएर पढ्नुपर्ने अव्यावहारिक र अनावश्यक नियमले निरन्तरता पाइरहेको छ ।

भौतिकशास्त्र र व्यवस्थापन विभागले जिते मदन भण्डारी कप फुटसलको उपाधि

६ जेठ, काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिवि कमिटीले आयोजना गरेको चौथो मदन भण्डारी कप अन्तर विभागीय फुटसल प्रतियोगिताको उपाधि भौतिक शास्त्र केन्द्रीय विभाग र व्यवस्थापन केन्द्रीय विभागले जितेका छन् । कीर्तिपुरको कृनगर फुटस ग्राउण्डमा भएको प्रतियोगिताको पुरुषतर्फको उपाधि भौतिकशास्त्र विभाग र महिलातर्फको उपाधि व्यवस्थापन विभागले जितेका हुन् । पुरुषतर्फ स्कुल अफ म्यानेजमेन्ट दोस्रो […]

अन्तर विभागीय फुटसलमा रसायन शास्त्र र खेलकुद विभाग विजेता

१६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अन्तर बिभागीय फुटसल प्रतियोगिता शुक्रबार सकिएको छ । प्रतियोगितामा महिला तर्फ रसायन शास्त्र केन्द्रीय विभाग विजेता र प्राणी शास्त्र केन्द्रीय विभाग उपविजेता बनेका छन् । त्यसैगरी पुरुषतर्फ खेलकुद केन्द्रीय विभाग विजेता र भौतिक शास्त्र केन्द्रीय विभाग उपविजेता बनेको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी त्रिवि कमिटीका मदन विष्टले जानकारी दिए […]