कोरोना विरुद्धको दोस्रो डोज खोप समयमै नलगाए के हुन्छ ?

कोरोना महामारी नियन्त्रण गर्न यतिखेर विश्वभर सजगताका साथै नयाँ-नयाँ खोपहरू सार्वजनिक गरिँदैछ। खोप लगाएपछि संक्रमित नहुने र भइहाले पनि निको हुने विश्वास मानिसहरूमा छ।अहिले विकसित गरिएका अधिकांश खोपहरूको दुई डोज छ। पछिल्ला खोपहरू पहिलो डोज लगाएको तीनदेखि चार साताभित्र दोस्रो डोज लगाउनुपर्ने गरी विकास गरिएको छ। तर, अहिले विश्वका धेरै देशमा खोप अभाव छ। उत्पादन र ढुवानी लगायत कारणले ती देशका धेरै मानिसहरूले खोप लगाउन पाएका छैनन्‌। यस्तो अवस्थामा, पहिलो डोज खोप लगाएका, तर विभि