काँग्रेस बैठक : निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश

नेपाली काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको हो । बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्का र प्रचार समितिका संयोजक डा प्रकाशशरण महतले प्रतिवेदन पेश गरेका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबारे केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरह