काठमाण्डौ – वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लास्टिक प्रदूषणमूक्त बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । दक्षिण एसियाली देशमा रहेका नदी तथा समुद्रलाई प्लास्टिक प्रदूषणमूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, ‘प्लास्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन ।’ उहाँले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रतिबन्धलाई कडाइका साथ कार्या...