काठमाडौं मलमा नेपाल बैंकको क्यूआर कोड र एटीएम

काठमाडौं, १० बैशाख । काठमाडौंको काठमाडौं मलमा नेपाल बैंक लिमिटेडले आफ्नो क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । बैशाख ८ गतेदेखि काठमाडौं मलमा क्यूआर कोडको सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकको अनुसार बैंकले काठमाडौं मलले (दिवा सपना जे.भी.)सँगको सहकार्यपछि उक्त मलका स्टलहरुमा बैंकको क्यूआर कोड र परिसरमा एटीएम सञ्चालन गरेको हो । सम्झौतापछि […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीले नागरिक एपबाट खोले नेपाल बैंकमा खाता

चौथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको शुभारम्भ गर्दै उक्त एप मार्फत नेपाल बैंक लिमिटेडमा अनलाइन खाता खोलेका छन् । नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ । नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिम कार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ ।

नेपाल बैंकको क्यूआर कोड सेवा काठमाडौं मलमा

वैशाख ९, काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा क्यूआर कोड सेवा शुरु गरेको छ । बैंकले मल परिसरमा एटीएम सञ्चालन गर्नेबारे काठमाडौं मलसँग बुधवार सम्झौता समेत गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र काठमाडौं मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमुख व्यवस्थापक विष्णुहरी ढकालले हस्ताक्षर गरेका हुन् । यसैगरी बैंकले मलका व्यवसायीहरुलाई सहुलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता भएको जानकारी दिइएको छ ।

नेपाल बैंकको क्यूआर कोड सेवा काठमाडौं मलमा, व्यवसायीलाई बिनाधितो कर्जा दिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा क्यूआर कोड सेवा सुरु गरेको छ ।बैंकले मल परिसरमा एटीएम संचालन गर्नेबारे काठमाडौं मलसँग सम्झौता पनि गरेको छ ।यसैगरी बैंकले मलका व्यवसायीहरुलाई सहुलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता गरेको छ ।