काठमाण्डौ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार वर्ष भयो ।
२०५२ सालमा समान्यरूपमा केरा खेती गर्दै आउनुभएका उहाँले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि कमाइ राम्रै हुँदै आएको बताउनुभयो ।
अहिले आठ बिघा जमिनमा केरा खेती गरिरहनुभएका चौधरीले वार्षिक १६ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।
‘राम्रो मूल्य पाए सबै खर्च कटाएर वार्षिक बीस लाख रुपैयाँसम्म आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो, ‘केरा...