सिन्धुलीमा ५५ प्रतिशत मत खस्यो, सोमबारबाट मात्रै गणना

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुली जिल्लाको सबै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको छ । मतदानमा ५५ प्रतिशत मत खसेको छ । मतदान कार्यमा जेष्ठ नागरिक, अपांगता भएका मतदाताको सहभागिता रहेको थियो । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने ७० प्रतिशत मत खसेको थियो ।