धरापमा गठबन्धन : ‘निर्णायक बैठक’ कुर्दै माओवादी र नेकपा एस

आजको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरेको थियो । गठबन्धनका घटकहरूको साथ नपाएपछि देउवा पछि हटे । संसदीय दल बैठकको निर्णय सुनाउन बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच केही दिनलाई एमसीसी थाती राख्ने सहमति बनेपछि आजको बैठक टरेको छ ।