सुदूरपश्चिममा नेकपा (एस) पहिलो बन्दा फाइदा त्रिलोचन सरकारलाई

सुदूरपश्चिममा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पहिलो दल बनेको छ । यससँगै त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकार अझ बलियो बन्दै गएको छ ।  प्रदेश सरकारमै सहभागी नेकपा (एस) पहिलो दल बनेपछि प्रदेश सरकार सुरक्षित देखिएको हो ।  नेकपा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा सुदूरपश्चिममा हालसम्म १४ जना प्रदेश सभा सदस्यहरूले सनाखत गरेका छन्, जसबाट सबभन्दा ठूलो दल रहेको नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । अब नेकपा एमाले प्रदेश सभामा चौथो दलमा खुम्चिएको छ ।  नेकपा एमालेका सभामुखबाह...