देशभर मौसम बद्ली : तीन दिनसम्म यस्तै रहने

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बद्ली भएको छ । हिजोसम्म आकाश सफा रहे पनि आज बिहानदेखि मौसम हल्का बद्ली भएको हो । वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु भएको र मौसममा आंशिक बद्ली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम बद्ली भए पनि पानी नपर्ने तर अबको तीन दिनसम्म मौसम यस्तै रहनेछ । बिहान र बेलुका मौसम धुम्मिएर चिसो महसुस हुने गरेको भए पनि दिउँसोपख घाम लाग्ने मौसमविद् मानन्धरले बताउनुभयो । केही ठाउँमा कुहिरो लाग्नेछ । अरु ठाउँमा भने सामान्यतय...