कुमारी बैंकका ग्राहकलाई क्वालिटी सोलुसनले १५ प्रतिशत छूट दिने

काठमाडौं । कुमारी बैंकका ग्राहकलाई क्वालिटी सोलुसन प्रालिले १५ प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता र डेबिट तथा क्रेडिट कार्डवाहकले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण खरीद गर्दा उक्त छूट पाउने भएका हुन् । ग्राहकलाई यस्ता विद्युतीय उपकरण खरीद गर्दा सहुलियत प्राप्त होस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । बैंकले ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६२ शाखारहित बैंकिङ इकाईसहितका सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ ।