ग्लोबल आईएमई क्यापिटल Global IME Capital ले दशैँको अवसर पारेर विशेष योजना ल्याएको छ । क्यापिटलले २५ सय धरौटीमा आजीवन डिम्याट र मेरोशेयर खाता निशुल्क उपलब्ध हुने योजना ल्याएको हो ।क्यापिटलका अनुसार तिरेको २५ सय शर्त पुरा गरेपछि ५ वर्षपछि फिर्ता पाइने छ । त्यस्तै यस अफर अन्तर्गत दुर्घटना बीमा हुने र थप १ हजार मै यस योजनामा परिवारका अन्य सदस्यलाई आवद्द गराउन सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार नयाँ ग्राहकका साथ साथै हाल डिम्याट र मेरोशेयर खोलिसकेकाले नविकरण गर्दा यो सेवा पाउन सक्ने छन् । मङ्सिर मसान्तसम्म आवद्द भए पीएमएस सेवामा ५० प्रतिशत छुट पाइने क्यापिटलले जनाएको छ । साथै यस योजनामा आवद्द हुनेले एक वर्षसम्म नेप्सेको सेक्टोरियल टेक्निकल एनालाइसिस रिपोर्ट सित्तैमा पाउने छन् ।