'​फ्लोर क्रश' गर्ने कर्णालीका चार जनालाई सांसद पद नरहने गरी कारवाही गर्ने एमालेको निर्णय

नेकपा एमालेले कर्णाली प्रदेशमा माओवादी नेता महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई जोगाउन 'फ्लोर क्रश' गर्ने चार सांसदलाई पार्टी सदस्यता समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले दलीय ह्वीप उल्लंघन गर्ने चार जनालाई सांसद पदबाट हटाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । कर्णाली सरकारमा सहभागी मन्त्री अमर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र पूर्व मन्त्री प्रकाश ज्वालाको सांसद पद रिक्त गराउने निर्णय भएको छ । ...

सम्बन्धित सामग्री

एघार जना नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नीति र हितविरुद्ध विपक्षी गठबन्धनसँग सहकार्य गरेका नेताहरुलाई कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले पहिलो चरणमा ११ जना नेताहरुलाई स्पष्टीकरणबाट कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

माधव नेपालसहित ८ जनालाई अन्तिम स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ८ जना नेताहरुसँग अन्तिम स्पष्टीकरण सोध्ने भएको छ ।  यसअघि कारवाही गरेका नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई एमालेले यसअघि नै कारवाही गरिसकेको छ ।उनीहरुलाई पनि अझै अन्तिम स्पष्टीकरण दिन समय दिइने भएको छ । सोमवारको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल, रावल, पाण्डे र भुसालसहित ८ जनालाई चेतावनीसहित स्पष्टीकरण सोध्न निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।नेपालसहित विभिन्न प्रदेशका स

गुटगत भेला गर्नेलाई कारवाही गर्ने एमालेको निर्णय, बैठकमा गौतम पनि सहभागी

नेकपा (एमाले) संसदीय दलको बैठकले गुटगत भेला गर्ने र सरकार तथा पार्टीको विरुद्धमा लागेर खुइलाउनेलाई पार्टीको विधान र नियम अनुसार कारवाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार विहान बसेको बैठकमा सो निर्णय भएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआउने, प्रतिवेदनमा झुठ लान्छना लगाउने, समूह छलफल गर्नेलाई छुट दिन नसकिने बताउनुभयो । त्यस्तो गुटगत भेलाको बैठकले निन्दा गरेको सांसद बस्नेतले जानकारी दिनुभयो ।