धनगढी : नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्तारुढ गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन्।
समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्।
उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको दाबी गरे। खनालले भने, 'अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन,' राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझ पूर्ण ...