२३ पुस, काठमाडौं । शिक्षा क्षेत्रलाई निजीकरण गरेर सरकारी शैक्षिक संस्थाहरु ध्वस्त बनाउने खेलअन्तर्गत नेपाल खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण विद्यार्थीलाई अधिवक्ता लाइसेन्स परीक्षामा सहभागी नगराइएको आरोप विद्यार्थीहरुले लगाएका छन् । नेपाल कानुन व्यवसायी परिषदले अधिवक्ता लाइसेन्सको परीक्षामा सहभागी हुन नदिएपछि विद्यार्थीहरु यस्तो आरोप लगाएका हुन् । कानुन अध्ययन गराउने निजी कलेजहरुका पदाधिकारी र उनीहरुले रुचाएका […]