धनकुटा नगरपालिकामा एमाले विजयी

धनकुटा : धनकुटा नगरपालिका १० वटै वडाको मत गणना सम्पन्न भएको छ। पछिल्लो जानकारी अनुसार नगरपालिकाको प्रमुखमा एमालेका एमालेका उम्मेदवार चिन्तन तामाङले १४ मतले विजयी भएका छन्। यद्यपी उनले कति मत पाए भन्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छैन। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दिनेश राई रहेका थिए। २०७४ को स्थानीय तहको निर्वाचनमा पनि तामाङले राईलाई ११४ मतले पराजित गरेका थिए।यस्तै उपप्रमुखमा एमालेकै भीमा खनाल विजयी भएकी छन्। उनका प्रतिद्धन्द्धि माओवादीका