राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा

 काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनले सांसद पद त्यागेको घोषणा गर्नुभएको छ । आईतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङदेनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रुपमा संसदमा उपस्थित नहुने घोषणा गर्नुभएको हो । उहाँले आफूले पाउने तलव, भत्ता तथा सुविधाहरुको समेत रोक्का गर्न संसद सचिवालयलाई आग्रह गर्नुभयो । […]