रवीन्द्रलाई प्रकाशमानको कटाक्ष : पार्टी खोल्नु नाङ्लोमा पसल राखेजस्तो होइन

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नहुने टिप्पणी गरेका छन्। शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले विवेकशिला साझाका नेता रविन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नेले देश विकास गर्छु भन्नु नहुने टिप्पणी गरेका हुन्। पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिए। देश व