गौरीगंगाका मेयरले कानुनविपरीत योजना बाँडेको आरोप

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवामाथि कानुनविपरीत मनोमानी काम गरेको आरोप लागेको छ।मेयर देउवाले आफूखुसी कर्मचारी भर्ना गर्ने र आसेपासेलाई योजना बाँड्ने गरेको नगरवासीको आरोप छ। गौरीगंगा नगरपालिकाका मेयर पदका प्रत्यासी देवीराज कँडेलले मेयर देउवाले कर्मचारी करारमा राख्नेदेखि उपभोक्तालाई नियमावलीविपरीत योजना बाँड्ने काम गरेको आरोप लगाएका छन्।पटकपटक विकास निर्माणका योजना कानुनसम्मत रूपमा अघि बढाउन आग्रह गर्दै आए पनि मेयरले आफूअनुकूल योजना बाँड्ने काम मात्र गर्दै आएको उनको अरोप