नेपालगन्ज म्याराथनको पुरस्कार राशी बढाइयो, विजेताले डेढ लाख पाउने

१ मंसिर, काठमाडाैं । नेपालको शीर्ष म्याराथन प्रतियोगितामध्येको नेपालगन्ज म्याराथनको आसन्न संस्करणका लागि पुरस्कार रकममा बृद्धि गरेको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले विहीबार पत्रकार सम्मेलन गरी नेपालगन्ज म्याराथनको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने जनाएको छ । अघिल्लो संस्करणका विजेताले १ लाख १० हजार पुरस्कार पाएका थिए । एशोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एण्ड […]