दसैं माने के हुन्छ ? नमाने के हुन्छ ?

पेशल आचार्य दसैँ विश्वभर छरिएर रहेका सम्पूर्ण हिन्हूहरूको महान् चाड हो । यस चाडले विभिन्न कामका सिलसिलामा, अध्ययन, बेपार व्यावसाय तथ फरक परिवेश र पृष्ठभूमिमा रहेका घरपरिवार, दाजुभाइ, छोराछोरी, नातिनातिनी र अन्य नातागोतालाई एक ठाउँमा जोडेर पारिवारिक मिलनका साथमा सुखदुःख साटासाट गर्ने हर्ष सहितको मौका दिन्छ । विगतमा दसैँ सम्पूर्ण नेपालीहरूको महान् चाड भनिन्थ्यो । […]