जनप्रतिनिधिलाई एकीकृत समाजवादीले दिने भनिएको प्रशिक्षण स्थगित

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ । समाजवादीले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो ।  एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए । एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरूलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

सम्बन्धित सामग्री

पार्टीका सभा सम्मेलन स्थगित गर्न नेकपा(एस) को निर्देशन

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बढी मानिस भेला हुने सभा तथा सम्मेलनहरु स्थगित गर्न निर्देशन दिएका छन् । सोमबार एक अपिलका प्रकाशित गर्दै नेता नेपालले आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम गर्दा वैकल्पिक विधि अपनाउन समेत आग्रह गरेका छन् ।