सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् । ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् ।अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन् । नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएका ओलीले यसपटक सहयोग गर्न आग्रह गरेका हुन् । आफू उत्तरार्धतर्फ लागेकाले अहिल

सम्बन्धित सामग्री

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि सान्दर्भिक : सुवास नेम्वाङ

१ वैशाख, काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि पनि सान्दर्भिक हुने बताएका छन् । हाल नेम्वाङको नेतृत्वमा नेपाली नेताहरुको एक टोली कोलम्बियामा छ । कोलम्बियाको संक्रमणकालीन न्यायको विषय बुझ्न गएको टोलीले कोलम्बियाका पूर्व राष्ट्रपति, शान्तिका लागि नोबेल पुरस्कार विजेता र शान्ति प्रक्रियाका नायक हुवाँ म्यानुअल सान्तोषसँग […]

मेरो तर्फबाट सहयोग र समर्थन रहन्छ : सुवास नेम्वाङ

काठमाडौं : राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन्।राष्ट्रपतिको बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल विजयी भएपछि नेम्वाङले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे।पूर्वसभामुख नेम्वाङले भने, ‘घोषणा भएको निर्वाचन परिणामलाई पनि मैले त्यसै रूपमा लिएको छु। राष्ट्रपतिजस्तो सम्मानित पद

नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिवद्धता : विधिको पालनामा प्रतिवद्ध रहन्छु

२५ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहने बताएका छन् । बिहीबार भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित भएका थिए । साँझ वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिएका छन् । आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङ र उनलाई मत दिनेहरुप्रति सम्मान व्यक्त गर्ने […]

राष्ट्रपति निर्वाचन : पौडेल र नेम्वाङको उम्मेदवारी कायम

राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण...

सत्ता ढलमलबिच दुई पूर्व सभामुखको भिडन्त

फागुन २५ गते नेपालले नयाँ राष्ट्रपति पाउनेछ। विद्यादेवी भण्डारी शीतल निवासबाट बाहिरिने संघारमा पुग्दा नयाँ राष्ट्रपतिका लागि दुई दाबेदार मैदानमा आएका छन्। नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ।  दुवैजना पूर्वसभामुख अहिले देशकै सर्वोच्च पदमा पुग्ने यात्रामा छन्। कांग्रेसको साथ छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ लिन…

राष्ट्रपति बन्न माधव नेपालको ‘उमेर’ पुगेको हो ?

इलाम : राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पूरा हुन दुई महनामात्रै बाँकी रहँदा तेश्रो राष्ट्रपति को बन्ने भन्ने बारेमा अहिले बहस भइरहेको छ। मधेशी समुदायबाट रामवरण यादव राष्ट्रपति भएका छन् महिलाबाट विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकी छिन्।जनजाति समुदायबाट राष्ट्रपति नभएको अवस्थामा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको लागि बलिया उम्मेदवार हुन्। बागमती प्रदेशको पूर्व मुख्यमन्त्री एवम एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम समेत चर्चा छ।२०७४ साल देखि नै पूर्व प्रधानमन्त्री झलनाथ

सुवास नेम्वाङ र डा. सूर्य सुवेदी स्वर्ण सम्मानबाट सम्मानित (तस्बिर हेरौं)

काठमाडौं, १७ असार । नेपाल ल क्याम्पसको स्वर्ण सम्मानबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्राध्यापक डा सूर्य सुवेदी सम्मानित भएका छन् । नेपाल ल क्याम्पको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङ र सुवेदीलाई स्वर्ण सम्मानबाट सुम्मानित गरेकी हुन् । नेम्वाङ अधिवक्ता पनि हुन् ।