यही अधिवेशनबाट प्रदेश १ को नाम टुंगो लगाउन सरकार र प्रतिपक्ष दल एमाले सहमत

प्रदेश १ को नामकरणको विषय यही अधिवेशनबाट टुंगो लगाउन सरकार र प्रतिपक्षी दल नेकपा एमाले सहमत भएका छन् । सरकारका तर्फबाट प्रदेशको नामाकरणका लागि सरकारले गठन गरेको समन्वय र वार्ता समितिका संयोजक जयराम यादव तथा एमालेले गठन गरेको नामाकरण सहजीकरण कार्यदलका संयोजक हिक्मतकुमार कार्कीबीच यस्तो सहमति भएको हो ।प्रदेशको स्वास्थ्य मन्त्रालयमा आज उक्त छलफल भएको प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका संयोजक यादवले बताए । ‘माननीय हिक्मत कार्कीलाई नेकपा (एमाले)ले प्रदेशको नामाकरणबारे टोलीको संयोजक तो

सम्बन्धित सामग्री

प्रदेश १ को नाम राख्न एमालेले खोज्यो कांग्रेसको साथ

विराटनगर । प्रदेश नम्बर १ को नामकरणको विषय टुंगोमा लगाउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ खोजेको छ । प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले बिहीबार प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेशको नाम राख्न कांग्रेसले साथ दिए साझा धारणा बनाएर...