जसपाले बुझायो प्रधानमन्त्रीलाई नाम, को हुँदैछन् मन्त्री?

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री चयन गरेको छ। अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्रीको नाम छानेका हुन्। जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इश्तियाक राईले बताए। उनीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको उनको भनाइ छ। जसपाले भौत