कास्कीमा आगामी १३ असोजदेखि लालपुर्जा वितरण गरिने भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीले १३ असोजदेखि कास्कीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले बताए ।४ असोजसम्म भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले आयोगमा फारम भर्न सकिने व्यवस्था रहेको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट […]