युनियन लाइफको जीवन उत्थान बीमा योजना

काठमाडौं (अस) । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रकम भुक्तानी गर्ने गरी जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने व्यक्तिले अधिक लाभ लिन सक्ने कम्पनीले बताएको छ । जीवन बीमा उत्थान बीमा योजना न्यून आय भएका व्यक्तिदेखि अधिक आय भएकासम्मले खरिद गर्न सक्नेछन् । न्यूनतम ५० हजारदेखि आयस्रोतका आधारमा चाहेअनुसार बीमांक रकमको बीमा गर्न सक्ने व्यवस्था रहेकाले बीमा योजनामा सबैको पहुँच पुग्ने विश्वास कम्पनीको छ । योजनामा न्यूनतम ९ वर्षदेखि अधिकतम १८ वर्षसम्मको अवधि कायम गरी १६ वर्षदेखि ५० वर्षका व्यक्तिले बीमा गर्न सक्नेछन् । बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जीवित रहे अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमांक रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतिले मृत्यु भएसमेत बीमांक रकम र बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

युनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक ३ वर्षमा अग्रीम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ। बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीले दावी गरेको छ। कम्पनीका अनुसार सार्वजनिक गरिएको जीवन बीमा उत्थान बीमा योजना न्यून आय […]

युनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नयाँ जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीको भनाइ छ । यो योजना न्युन आय भएका व्यक्तिदेखि अधिक आय भएका व्यक्तिहरुले खरिद गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।  न्यूनतम रु. ५० हजार देखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेकोले उक्त बीमा योजनामा सबैको पहुँच हुने देख

युनियन लाइफको जीवन आवरण बीमा योजना

काठमाडौं (अस) । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषतासहितको जीवन आवरण बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो ।जीवन आवरण बीमा योजनामा बीमितले विविध सुविधा पाउन सक्ने कम्पनीले बताएको छ । बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जीवित रहे बीमांक रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतिले मृत्यु भए थप बीमांक रकम अर्थात् दुई गुणा बीमांक रकम र बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ । दुर्घटनामा मृत्यु भए बीमांक रकमको दुई गुणा बीमांक रकम, अतिरिक्त दुर्घटना लाभबापत १ करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ । उक्त योजना लिन चाहनेले न्यूनतम १ लाख रुपैयादेखि आयस्रोतका आधारमा चाहेअनुसार बीमांक रकमको बीमा गर्न सक्नेछन् । न्यूनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बीमा गर्न सकिने कम्पनीले जनाएको छ । बीमा योजनाअन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ । बीमा योजना लिएका बीमितले बीमालेखअन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए ।