कोरोनाकालमा ललितपुर प्रशासनको उल्लेख्य कामः अक्सिजन व्यवस्थापनदेखि सहजै मच्छिन्द्रनाथको जात्रासम्म

कोरोनाभाइरस (कोभिड– १९)को नयाँ भेरिएन्टसहितको दोस्रो लहरको समयमा जिल्ला प्रशासन कार्यालय ललितपुरले अक्सिजन सिलिन्डर उपलब्ध गराउनेदेखि जिल्लामा शान्ति सुरक्षाको विषयमा महत्त्वपूर्ण काम गरेको छ । कोरोना भाइरसको नयाँ लहर शुरू हुनुभन्दा अगाडि नै यसबाट बच्नका लागि स्थानीय तहका प्रमुख, प्रशासकीय प्रमुखहरू र डीसीसीएमसीका सदस्यहरू लगायतसँग त्यसको पूर्व तयारीका सम्बन्धमा छलफल गरिएको थियो ।  सोही छलफलबाट भविष्यमा आउन सक्ने अप्ठ्याराहरूलाई कसरी व्यवस्थापन गर्ने र कसरी सावधानी अपनाउने भन्ने रणनीति तय गरिएको जिल्ला प्रशासन...