पहिरोबाट सुर्खेतमा चारको मृत्यु र तीन घाइते

सुर्खेत : अविरल वर्षाका कारण आइतबार राति पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु र तीनजना घाइते भएका छन्।प्रमुख जिल्ला अधिकारी सीता परियारले चङ्खेली गाउँपालिका–६ को मासीधारा गाउँमा पहिरोले घर पुरिँदा एउटै परिवारमा चारजनाको मृत्यु र तीनजना घाइते भएको जानकारी दिइन्। मासीधाराको जनबाडा गाउँका देउच्या विकको घर पहिरोमा पुरिएको हो।घाइतेको उद्धारका लागि मेल्छाम र सर्केगाड प्रहरी घटनास्थल पुगेर उद्धार गरी स्वास्थ्य चौकी लगिएको र राति अबेर भएको र पानी परिरहेका कारण घरमा चेपिएका शव निकाल्न नसकिएको र