विश्व हिन्दु युवा संघका प्रवक्ता शाहले दिए राजीनामा

काठमाडौं : विश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले आज पदबाट राजीनामा दिएका छन्।संघका अध्यक्ष ऋषिकेश जंग शाहले गाँजालाई संगठनको मुख्य एजेन्डा बनाएको भन्दै त्यसप्रति विमति जनाउँदै आफूले राजीनामा दिएको उनले बताए। शाहले आज एक विज्ञप्ति जारी गर्दै 'धर्म जोगाउन र नेपालमा हिन्दुराष्ट्र जोगाउनभन्दा पनि गाँजा जोगाउन विश्व हिन्दु युवा संघ क्रियाशील भएको बताएका छन्।गाँजा वैधानिकताको पक्ष राम्रो भए पनि यो विषय हिन्दु संगठनको मुख्य एजेन्डा हुन नसक्ने उनको जिकिर छ। विश्व हिन्दु य