विदेशमा अलपत्र नागरिक उद्दार गर्ने सरकारको तयारी, पहिलो चरणमा २० हजार ल्याइने

काठमाडौँः कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीलाई सरकारले उद्दार गर्ने भएको छ। यसरी उद्दार गरेर ल्याइनेलाई क्वारेन्टाइन बस्न अनिवार्य गरिने छ। आइतवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वदेश फर्काउने तयारी भइरहेको जनाएका हुन्। पहिलो चरणमा विदेशमा रहेका २० हजारलाई ल्याउने तयारी सरकारको छ।