बुटवल बन्यो कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने पहिलो उपमहानगर

बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने उपमहानगर घोषणा भएको छ ।  सोमबार बुटवलमा एक कार्यक्रमकाबीच उपमहानगर प्रमुख खेलराज पाण्डेले उपमहानगरलाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरेका हुन् ।  उपमहानगरका १२ वर्ष माथिका सबै नागरिकले खोप पाएपछि खोप सुनिश्चितताको घोषणा गरिएको हो । बुटवलमा रहेका एक लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथिका एक लाख ५७...