रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।  ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद

सम्बन्धित सामग्री

‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी

निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ । अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको छ । बिहीबार आयोगमा सो दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए । छोटकरीमा हानेपा नाम रहेको सो दल १८८ नम्बरमा दर्ता भएको हो । सो दलले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ । त्रिभुवन नगरपालिका दाङ घर भएका अध्यक्ष घिमिरेको टिममा अरुणकुमार रौनियार, गिरीराज पौडेल, फूलमाया

रविले किन लिएनन् लौरो चुनाव चिन्ह

काठमाडौं, ७ असार । धेरैलाई रवि लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गर्छन् भन्ने लागेको थियो । उनी कुनै दल विशेषमा प्रवेश गर्छन् भन्ने अड्कल पनि थियो । तर, उनले दुवै गरेनन् । राजनीतिक दल नै खोले जसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखे । स्वतन्त्रहरुको दल भएपनि रविले लौरो चुनाव चिन्ह लिनसक्ने अनुमान थियो । लौरो चिन्ह […]

रविको पार्टीको चुनाव चिन्ह घन्टी

७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् । काठमाडौंमा पार्टी घोषणा गर्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए । उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएकाे जानकारी द‍िए । पार्टीको कार्यालय काठमाडौंको […]

साना दलले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिन्ह पाउने

यसअघि निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई उनीहरूको चुनाव चिन्ह दिन नसकिने जनाएको थियो । वैशाख ३० गते हुने आगामी चुनावमा आफ्नो दलले चुनाव चिन्ह नपाउने भएपछि ३१ वटा साना दल आन्दोेलित भएका थिए ।

६ दललाई मात्र दलीय चुनाव चिन्ह

काठमाडौं, फागुन १९ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ता भएका ८० दलमध्ये ७४ वटा दलले आफ्नो दलीय चुनाव चिन्ह नपाउने भएका छन्। आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने प्रयोजनले फागुन ५ देखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेकोमा ८० वटा दलले आयोगमा दर्ता गराएको थियो। दल दर्ता […]

६ दललाई मात्र दलीय चुनाव चिन्ह

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ता भएका ८० दलमध्ये ७४ वटा दलले आफ्नो दलीय चुनाव चिन्ह नपाउने भएका छन्। आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने प्रयोजनले फागुन ५ देखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेकोमा ८० वटा दलले आयोगमा दर्ता गराएको थियो।दल दर्ता गराए पनि मौजुदा कानुनी प्रावधानले गर्दा ती दलले आफ्नो दलको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने स्थिति रहेको छ। हाल आयोगबाट मान्यता पाएका दलको संख्या १ सय १० पुगेको छ। स्थानीय तह निर्वाचन ऐन-२०७३ र

३१ दलले पाएनन् चुनाव चिन्ह

काठमाडौं, १७ फागुन । विवेकशील साझासहित ३१ वटा दलले आगामी चुनावमा चुनाव चिन्ह नपाउने भएका छन् । बैशाख ३० गते हुने आगामी चुनावमा आफ्नो दलले चुनाव चिन्ह नपाउने भएपछि ३१ वटा साना दल आन्दोेलित भएका हुन् । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नो चुनाव चिन्ह पाउने र अन्य दलले […]

साना दललाई अन्याय ! चुनाव चिन्ह नपाउने ३१ दल आन्दोलित

आगामी निर्वाचनमा आफ्नो दलको छुट्टै चुनाव चिन्ह नपाउने भएपछि  राष्ट्रिय दलको मान्यता नपाएका ३१ वटा साना दल आन्दोलित भएका छन् । आन्दोलित हुनेमा रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसमेत छ ।स्थानीय तह निर्वाचन ऐन २०७३ मा राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नो चुनाव चिन्ह पाउने र सो बाहेकका अन्य दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह पाउने व्यवस्थाप्रति साना दलले असन्तुष्टि जनाएका हुन् । उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग तथा निर्वाचन आयोगलाई यसबारे ध्यानाकर्षण पत्रसमेत बु

राष्ट्रियसभा सदस्य निर्वाचनः बागमतीका उम्मेदवारलाई दलकै चुनाव चिन्ह

राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आइतबार प्रदेशबाट उम्मेदवारी दिएका ६ जना उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । श्रेष्ठले उम्मेदवारको प्रतिनिधिहरुको रोहवरमा उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । उम्मेदवारहरूलाई सम्बन्धित दल कै चुनाव चिन्ह प्रदान गरेको छ ।कार्यालयले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि नेपा