प्रधानसेनापति शर्मा लेबनान, सिरिया र अमेरिका जाने

प्रधानसेनापति प्रभुराम शर्मा आगामी असार ४ गते नेपाली शान्ति सैनिक तैनाथ दुई मुलुकको भ्रमणमा जाने भएका छन् । साताव्यापी भ्रमणका लागि उनी लेबनान र सिरिया जाने भएका हुन् । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा राष्ट्रसंघीय मिसनको विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ प्रधानसेनापति शर्मा ती मुलुकको भ्रमणमा जान लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।असार १० सम्म हुने भ्रमणका क्रममा प्रधानसेनापति शर्मा ल

सम्बन्धित सामग्री

लेबनानका राष्ट्रपतिसँगको भेटपछि सिरियाका लागि प्रस्थान गरे प्रधानसेनापति शर्मा

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र लेबनानका राष्ट्रपति मिचेल आउनबिच शिष्टाचार भेटवार्ता भएको छ। लेबनान भ्रमणमा रहेका शर्माले आज आउनसँग भेटवार्ता भएका हुन्। भेटका क्रममा आउनले लेबनानमा शान्ति सैनिकहरुले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। लेबनानको पाँचदिने भम्रण सकाएर प्रधानसेनापति शर्मा सिरिया प्रस्तान गरेका छन्। सिरियाबाट शर्मा अमेरिका जाने कार्यक्रम छ।…

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, असार १३ गते अमेरिका जाने

४ असार, काठमाडौं । प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय […]

प्रधान सेनापति शर्माको विदेश भ्रमण तय, असार दोस्रो साता अमेरिका पुगेर फर्किने

१७ जेठ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको विदेश भ्रमण तय भएको छ । प्रधानसेनापति शर्मा ४ देखि १० असारसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरूको निरीक्षण भ्रमण गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ । भ्रमणको समयमा प्रधानसेनापति शर्मालगायतको टोलीले मिसनहरूको वस्तुस्थिति, अपरेसनल […]