युट्युब हेरेर उद्यमी बनेकी २३ वर्षिया दिक्षा : नेपालमा विदेशी चकलेटलाई टक्कर दिएर विदेशमै निर्यात

वैशाख २९, काठमाडौं । काठमाडौं बसुन्धराकी दिक्षा पौडेल उमेरले २३ वर्ष मात्रै लागिन् ।  स्कुल कलेज पढ्ने उमेरमा धेरै जना विद्यार्थीहरू सामाजिक सञ्जालमा घण्टौ समय बिताउँछन् । बीबीए अध्ययन गर्दै गर्दा दिक्षाले पनि घण्टौसम्म सामाजिक सञ्जालमा समय बताइन् । तर उनले त्यसलाई मनोरञ्जनमा मात्रै सीमित राखिनन् । युट्युबमा राखिएका भिडियो हेरेर आफैले चकलेट बनाउने प्रयास गरिन् । अन्तत उनले राम्रो र गुणस्तरीय चकलेट उत्पादन गरेर बजारमा ल्याइन् । उनको चकलेट अहिले नेपालमा मात्रै नभएर विदेशमा पनि निर्यात हुने गरेको छ । अहिले नेपाली बजारमा विभिन्न स्वादका विदेशी चकलेट जतिपनि भेटिन्छन् । तर नेपालमै उत्पादन गरिएका राम्रो गुणस्तरका चकलेट भने कमै मात्रै भेटिन्छन् । नेपालमा स्वदेशी उत्पादनका चकलेट धेरै नभएको मौकामा दिक्षाले याम्मिस्टिक ब्रान्डका चकलेट बजारमा ल्याएकी हुन् ।  याम्मिस्टिक चकलेटले  हाल नेपालमा उत्पादन भइरहेको बार चकलेटको ब्रान्ड हो । याहाँ बीन्स रोस्ट गरेर स्वस्थ डार्क चकलेट पनि बनाउने गरेको याम्मिस्टिक चकलेटकी संञ्चालिका पौडेलले बताइन् । याँहा उत्पादन भएको चकलेट नेपाली युवा पुस्तामा निकै प्रख्यात भइसकेको पनि उनको भनाइ छ। दिक्षाले २०७७ सालको साउन महीनाबाट यो व्यवसायमा लागेकी हुन् । उनले ७० हजार रुपैयाँबाट शुरु गरेको यो व्यवसाय अहिले ६ लाख रुपैयाँको पुगिसकेको छ ।  बिगत २ वर्षदेखि यो व्यवसायमा लागेकी उनले मासिक एक लाख रुपैयाँ भन्दा बढीको चकलेट बेचेर ५०/६० हजार रुपैयाँ बचाउँदै आएको बताइन् । पौडेलले पद्मकन्या क्याम्पस बाट बीबीएम गरेकी छिन् । उनले यो व्यवसायमा लाग्दा स्नातक तहको दोस्रो सेमेस्टरमा थिइन् ।  भविष्यमा व्यवसायी नै बन्छु भन्ने अठोट गरेकी दिक्षाले प्लस टु अध्ययन गर्दा गर्दै स साना व्यवसायमा हात हालेकी थिइन् । यस अघि उनले शुरु गरेको कपडाको व्यवसाय भने असफल भयो । व्यवसाय असफल भएपनि त्यहाँबाट धेरै कुरा सिकेकी दिक्षाले अहिले त्यतीबेलाको अनुभवबाट सिकेर यो व्यवसायलाई सफलता तिर डोर्यााउँदै आएकी छिन् । 'धेरै लगानी गर्दैमा व्यवसाय सफल हुन्छ भन्ने होईन्, यदि हामी संग राम्रो व्यवसायको ज्ञान र आईडिया छ भने थोरै लगानीबाट पनि सफल हुन् सकिन्छ ।’ उनले अभियानसँग भनिन् ।  चकलेट पारखी दिक्षाले व्यवसायीक रुपमा चकलेट बनाउनु अघि घर परिवारका सदस्यको लागि चकलेट बनाएर खुवाउने गर्थिन् । परिवारका सदस्यले राम्रो बनायौ भनेपछि उनलाई व्यवसायीक रुपमा उत्पादन गर्न सकिन्छ भन्ने लागिसकेको थियो । त्यसपछि युट्यूब हेरेरै धेरै कुरा सिकेर उनले नेपालमा पनि विदेशी चकलेट जस्तै देखिने र स्वाद पनि मिठो भएका चकलेट बनाउन शुरु गरेकी थिइन् । विभिन्न स्वादका चकलेट बनाएर सामाजिक सञ्जाल मार्फत विक्री वितरण गर्दै आएकी उनी विदेशबाट आउने अर्डर लिएर विदेशमा रहेका नेपालीहरूलाई पनि चकलेट निर्यात गर्न थालेको बताउँछिन् । अहिले याम्मिस्टिकमा २० भन्दा बढी फ्लेवरका चकलेट बनाएर बेच्दै आएकी छिन् । पौडेलाई व्यवसायमा आफ्नै परिवारको सदस्य आमा र बहिनीको सहयोगले चलाईरहेकी छिन् ।  याम्मिस्टिकमा डार्क वर्गको चकलेट, स्पेशल वर्गको चकलेट, डुअल चकलेट, कस्टुमाईज चकलेट बार, डार्क, ह्वाइट, स्ट्रबेरी, मिल्क गरी २० ओटा फ्लेवरमा पाईन्छ ।  उक्त चकलेटहरु १२५ रुपैयाँदेखि १००० रपैयाँसम्म पर्ने गर्छन् । नेपाल भित्र भने सबै भन्दा बढी ग्राहकले रुचाउने डार्क ह्वाइट र बक्स चकलेटहरु हुन् ।  त्यसैगरि,  चाड पर्वहरुमा उपहार सहितको प्याकेज पनि निकै लोकप्रिय भएको पौडेलले बताईन् । त्यसैगरी ग्राहकहरुको अर्डर अनुसार फोटो राखेर कस्टुमाईज पनि गर्ने गरेको उनले बताईन् । साथै, भ्यालेनटाईन डे, आमाको मुख हेर्ने दिन, रक्षा बन्धन प्याकेजहरुमा हप्तामा साढे दुई लाख देखि तीन लाख रुपैयाँभन्दा बढीको अर्डर आउने गरेको बताईन् ।  उनले अहिले आफ्नो पुरा समय व्यवसाया दिएकी छिन् । उनले बनाएको चकलेटहरु नेपालको ७७ ओटै जिल्लमा पुग्ने गरेको उनको दाबी छ । काठमाडौ, पोखरा र चितवनमा अन्यत्र भन्दा धेरै ग्रहक रहेको उनले बताईन् ।  यो व्यवसायमा शुरुदेखि नै कति ग्राहकहरु रेगुलर ग्राहक बनेका छन् । उनीहरुको सन्तुष्टिले नै यहाँसम्म आएको उनले बताईन् ।  ८० प्रतिशत ग्राहक रेगुलर ग्राहक हुन् । उनले उत्पादन गरेको चकलेटहरू अनलाईनमा दराज, ग्यापु, साथी मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरुमा पनि विक्री भइरहेको छन् ।  याम्मिस्टिकमा अहिले धेरैजसो बाहिर भएका नेपालिहरुले अर्डर गर्ने गरेका छन् । बाहिरका ग्राहकले नेपालमै आफ्ना आफन्तहरुलाई पठाउनका लागि अर्डर गर्ने गरेको छन् । आगामि दिनहरुमा विदेशमा पनि निर्यात गर्ने योजना रहेको पौडेलले बताईन् । अब छिट्टै आफ्नै वेव साईट पनि खोल्ने र भाटभटेनी, सेल्सबेरी संग पनि सहकार्य गर्ने उनको योजना छ ।

सम्बन्धित सामग्री

‘नेपालमा विदेशीले पार्टी खोलिसके’

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अन्तर्राष्ट्रिय चलखेल बढेको बताएका छन्। नेपालमा चलखेल गर्न विदेशीले पार्टी खोलिसकेको उनले बताए।...

चीनका पाँच दर्जन लगानीकर्ता नेपालमा

नेपालमा लगानीका अवसरको सम्भावना अध्ययन गर्न करिब पाँच दर्जन चिनियाँ उद्योगी नेपालमा आएका छन्। विभिन्न ४७ वटा चिनियाँ कम्पनीमा आवद्ध लगानीकर्ता यहाँ आएका हुन्।...

नेपालमा बाल मृत्युदर घट्यो

काठमाडौँ- नेपालमा पाँच वर्षको अविधिमा बाल मृत्युदर घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ मा नेपालमा पाँच वर्षमा बाल मृत्युदर घटेको पाइएको हो । सर्वेक्षणअनुसार नेपालमा ३३ प्रति हजार बालमृत्युदर रहेको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा ३९ प्रति हजार बालमृत्युदर रहेको थियो । नेपालमा सन् […]

नेपालमा बाघ कति होलान् ?

नेपालमा बाघको संख्या तीन सय ५५ पुगेको छ । गत १९ मंसिरदेखि २८ फागुनसम्म गरिएको गणनाअनुसार नेपालमा बाघको संख्या तीन सय ५५ रहेको पाइएको हो ।  अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा आज...

नेपालमा मनसुन प्रवेश गर्दै

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ। अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

नेपालमा पहिलो पटक गधा दिवस

काठमाडौं । आज मे ८ अर्थात् विश्व गधा दिवस । ‘गधालाई पनि मानव मजदूर सरह व्यवहार गरौँ, आवाजविहीनहरुप्रति न्याय गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि पहिलो पटक यो दिवस मनाइएको छ । केही वर्षअघि इजिप्टबाट सुरु भएको यो दिवस नेपालमा भने यस वर्षदेखि मनाउन थालिएको हो । नेपालमा पशु अधिकारवादी संस्था एनिमल नेपालले यसको सुरुवात […]

नेपालमा लगानीका लागि आह्वान

अर्थमन्त्री जनार्दन शर्माले निर्धक्क भएर नेपालमा लगानीका लागि आह्वान गरेका छन्।

नेपालमा ओमिक्रोन भेरियन्ट : अब के गर्ने

काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का संक्रमित देखिइसकेका छन्।दक्षिण अफ्रिकामा यो भेरियन्ट भेटिएको १२ दिनपछि नेपालमा पनि भेटिएको पुष्टि भएको हो। हालसम्म यो भेरियन्ट संसारका ४० वटाभन्दा वढी देशमा देखिइसकेको छ।विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरिसकेको छ।डेल्टा भेरियन्टले दोस्रो लहरमा धेरै क्षति पुर्‍याएको नेपालमा पछिल्लो समय कोरोनाविरुद्धको खोप र अन्य कारणले संक्रमण कम हुँदै गएको थियो। जसले गर्दा जनजीवन सा

नेपालमा सबैभन्दा धेरै विदेशी लगानी भारतबाट

नेपालमा लगानी गर्ने विदेशी मुलुकमा भारत पहिलो नम्बरमा रहेको छ । नेपालमा विदेशी लगानी आउन थालेदेखि अहिलेसम्म भारतबाटै सबैभन्दा धेरै विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ । भारतबाट नेपालमा ६५ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको हो ।यो रकम नेपालमा लगानी गरेका अन्य मुलुकको भन्दा धेरै बढी हो । नेपालमा लगानी गर्ने दोस्रो स्थानमा रहेको उत्तरी छिमेकी मुलुक चीनको भन्दा पनि दुई गुणाभन्दा बढी रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । चीनबाट हालसम्म नेपालमा ३० अर्ब ९७ करोड रुपैयाँ विदे

नेपालमा मोटोरोलाको पुनरागमन

आफ्नो ‘जि’ र ‘इ’ वर्गबाट दुईवटा नयाँ विश्वव्यापी उत्पादनहरूका साथ मोटोरोलाले नेपालमा पुनरागमनको घोषणा गरेको छ ।  कलमोबिलिटी प्रा.लिले मोटोरोलालाई नेपालमा ल्याएको हो ।  सन् २००७ मा, कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो । नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब«याण्डहरूमा नेपालमा अग्रणी ब्राण्डका रुपमा रहि रह्यो । मोटोरोलाले कलमोबिलिटीको समूहसँग सहकार्य गरेर यो आक...