प्रधानमन्त्री ओली भन्छन्– सक्कली र नक्कली पार्टीको फैसला भयो, कम्युनिस्टको मात्र होइन, देशकै मूल यही हो

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले आफूले नेतृत्व गरेको पार्टी कम्युनिस्टको मात्र नभई देशकै मूल पार्टी भएको दाबी गरेका छन् । ओली समूहले राजधानीमा गरेको जनसभामा ओलीले अझै...

सम्बन्धित सामग्री

नेपाली जनतालाई धोका हुँदैनः प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई धोका नहुने प्रतिवद्धता गर्नुभएको छ । देशको स्वाधिनता, नेपाली भूभाग र लोकतन्त्रको रक्षा नेकपा नेतृत्वले गर्ने बताउनुभयो । चितवनमा आयोजित नेकपा बृहत कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । देशको विकास गरेरै छाडिन्छ, घुँडा टेक्ने काम हुँदैन प्रधानमन्त्री ओलीले भन्नुभयो, देशको समृद्धि कायम गर्न, लोकतन्त्रको रक्षा गर्नमा म कहिल्यै घुँडा टेक्ने छैन ।” “हामी देश बनाउने महाअभियानमा जुटेका छौं, देश बन्दा कोही कोहीलाई किन छटपटि हुन्छ ?” प्रधानमन्त्री ओलीले थप्नुभयो, “चितवनमा आकर्षक सिग्नेचर पुल निर्माण गर्दैछौं, सुन्दा कोही कोहीलाई पिर पर्ला तर हामी बनाएर छाड्छौं ।” “राम चितवनकै अयोध्यापुरीमा जन्मेका हुन् भन्नेसम्म आँट छैन, आफूलाई सक्कली राष्ट्रबादी भन्नुहुन्छ त” प्रधानमन्त्री ओलीले भन्नुभयो, “रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बन्नेक्रममा छ, लक्ष्मण र हनुमानको पनि मूर्ति बनाएर अर्को सालको रामनवमीमा भव्य ढङ्गले प्राणप्रतिष्ठा गर्नेछौं ।” चितवनलाई आकर्षक शहरको रुपमा विकास गर्नेमा सरकार लागेको प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो ।