काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा फेरि गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाको छ । घाइतेको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।
एसियाली खेलकुदको महाकुम्भ ‘२० औँ एसियाली खेलकुद’ ‘हार्मोनिक हार्ट बिट’ भन्ने नाराका साथ जापानको आइची प्रिफेक्चर र नागोया सहरमा औपचारिक रूपमा सुरु भएको छ । शनिबार नागोयास्थित पालोमा मिजुहो पार्क एथलेटिक स्टेडियममा आयोजित भव्य समारोहबिच जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गरे । भलिबल र सफ्ट टेनिसका केही खेल गत बुधबारदेखि नै सुरु भइसके पनि […]
रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो धुवाँ र आगोको ज्वाला देखिएपछि विमानस्थलले दिने उडान र अवतरण सेवा अवरुद्ध बनेको छ । विमानस्थल सुरक्षा ‘ट्र्याकिङ’ गर्ने वेबसाइटमा साउदी राजधानीको ‘रियाद किङ खालिद इन्टरनेशनल एअरपोर्ट’ मा विमानको उडान र अवतरण अवरूद्ध भएको वा ढिलो भएको रिपोर्ट गरिएको छ। यसअघि साउदी अधिकारीहरूले त्यहाँ हवाई […]
RajdhaniDaily.com | धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी -
काठमाडौँ । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले नेपाल संसदीय प्रणालीबाट दायाँबायाँ लाग्न नहुने बताएका छन् । संविधान दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधान संशोधनमार्फत संसदीय व्यवस्थालाई अझ परिस्कृत बनाउनुपर्ने बताए । हाल नेपालको संविधानले अपनाएको संसदीय प्रणालीमा विभिन्न मुलुकका शासन प्रणालीका विशेषता मिसिएको उनको भनाई छ । नेपालको संविधानले ‘प्योर पार्लियामेन्ट सिस्टम’ नअपनाएको दाबी गर्दै […]