वरिष्ठ नेता पौडेलको अडान कायमै – संसद पुनःस्थापनाको कुनै विकल्प छैन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडैलले संसद् पुनःस्थापनाको विकल्प नभएको बताएका छन् । मधेश सम्मान यात्राको क्रममा आज सप्तरीको बोदे बसाइनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुनःस्थापनाले मात्र मुलुकलाई स्थिरता दिने भएकाले पुनःस्थापनाको कुनै विकल्प नभएको जिकिर गरेका हुन् । नेपाली कांग्रेसको न्यायालयमाथि विश्वास रहेकाले अहिले ठूलो आन्दोलनको घोषणा नगरेको स्पष्ट पार्दै उनले कांग्रेस संविधानको रक्षाको लागि आन्दोलन गरिरहेको बताए । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको...