प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज, आज घरैमा आराम गर्ने !

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोनाभाइरसको संक्रमणको कारण उपचाररत जबरा स्वास्थ्यलाभपछि डिस्चार्ज भएका हुन्। मंसिर १३ गते कोभिड निमोनियाको उपचारका लागि सशस्त्र प्रहरी अस्पताल भर्ना भएका प्रधानन्यायाधीश राणा आज बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ।